एजेन्सी । वेस्ट इण्डिज क्रिकेट टिमका पूर्व फास्ट बलर टिनो बेस्टको अटोबायोग्राफी ‘माइण्ड द विण्डोज: माइ स्टोरी’ छिट्टै प्रकाशन हुँदैछ । यसमा उनले आफ्नो जीवनका तमाम् राजहरुमाथि पर्दा उठाउने तयारी गरेका छन् ।
रोचक कुरा त के भने उनले आफूलाई ‘पुरुष वेश्या’को रुपमा चित्रित गरेका छन् । ३४ वर्षीय यी पूर्व क्रिकेटरको दावी छ, ‘म करिब ५०० देखि ६५० महिलासँग सुतेको छु ।’
मेल अनलाइनले उनको सो पुस्तकको केही अंश प्रकाशित गरेको छ । ‘म युवतीहरुलाई खुबै माया गर्छु र उनीहरुले पनि माया गर्छन् । लाग्छ, म संसारको सबैभन्दा सुन्दर तक्लू (कपाल नभएको) पुरुष हुँ । रमाइलो गर्दा कतिपयले मलाई ‘ब्ल्याक ब्राड पिट’ पनि भन्छन् । म क्रिकेट खेल्नका लागि जहाँ-जहाँ पुगेँ, त्यहाँ-त्यहाँ युवतीहरुसँग कुराकानी भयो, डेट गरेँ र उनीहरुसँग सुतेँ । अहिले लाग्छ, सायद मैले आफ्नो जीवनकालमा करिब ५०० देखि ६५० युवतीहरुसँग सारीरिक सम्बन्ध राखेको छु,’ उनले अटोबायोग्राफीमा लेखेका छन् ।
वेस्ट इण्डिजका अलराउण्डर ड्यान ब्राभोको साथमा टिनो बेस्ट
उनले अघि लेखेका छन्, ‘मेरो पहिलो प्रेमिका मेलिसाबाट एउटी छोरी पनि भएको थियो । तर, हामीबीच लामो समय राम्रो सम्बन्ध रहन सकेन । मलाई साथीहरुले बताए कि, ‘जब म बारबेडोसका लागि विकेट लिग्नेछु, तब उनी मेरो जीवनमा फिर्ता आउनेछिन्,’ तर यस्तो भएन । जब उनले सम्बन्ध तोडिन्, तब म प्ले ब्वाइ बने । अझै सिधा भनुम्, म त ‘म्यान होर’ (पुरुष बेश्या) बनिसकेको थिएँ ।’
पुस्तकको नाम माइण्ड द विन्डोज नै किन ?
बेस्टको पुस्तकको नाम यही रहनुको पछाडि पनि एउटा कहानी छ । जब वेस्ट इण्डिज टिम सन २००४ मा इंग्ल्याण्ड भ्रमणमा गएको थियो, त्यतिबेला इंग्लिश अलराउण्डर एन्ड्रयु फ्लिंटफले बेस्टलाई ‘माइण्ड द विण्डोज’ भनेका थिए ।
त्यतिबेला बेस्टले एस्ले जाइल्सको बलमा स्लग स्वीप खेल्ने प्रयास गरेका थिए । उनी त्यसको अघिल्लो बलमा नै आउट भए । फ्लिंटफले त्यतिबेला आफ्नो हाँसो रोक्न सकेका थिएनन् । संयोग नै मान्नुपर्छ अहिले तिनै फ्लिंटफले बेस्टको यस पुस्तकको प्रस्तावना लेखेका छन् ।
The post आफू ‘पुरुष वेश्या’ रहेको यी क्रिकेटरको दावी, भन्छन्- ‘जहाँ पुगेँ त्यहीँ … !’ appeared first on Sajha Post.