Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फुर्सद हुने बित्तिकै घण्टौंसम्म फोनमा गफिन्छिन् अनुष्का, तर विराटसँग होइन !

$
0
0

मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माबीच चिसिएको सम्बन्ध त अहिले सुध्रिसकेको छ । केही साताअघि मुम्बइको बान्द्रास्थित एक रेस्टुरेन्टमा डिनरमा भेटिएका विराट र अनुष्का त्यसपछि सलमानको घर पुगेको खबर आएको थियो ।

केही दिनपछि विराटले ‘We were on break’ लेखेको टी-शर्ट लगाएर हामीबीच ब्रेकअप भएको होइन, हामी ब्रेकमा थियौं भन्ने सन्देश दिएका थिए । अहिले विराट र अनुष्कासँग जोडिएको अर्को खबर आएको छ ।

Virat_Anushka

हाल अनुष्का फुर्सद हुने बित्तिकै दैनिक घण्टौंसम्म कसैसँग फोनमा गफिन्छिन् । तर, त्यो व्यक्ति विराट भने होइन, न त अनुष्काको परिवारको कोही सदस्य नै ।

भारतीय मिडियाहरुका अनुसार अनुष्का विराट कोहलीसँग भन्दा उनकी आमासँग बढी गफ गर्छिन् । हरेक दिन फोन गरेर सन्चो, बिसन्चो, खानपान तथा अन्य औपचारिक कुरा सोध्नेमात्र होइन, फुर्सद हुने बित्तिकै घण्टौंसम्म गफिन्छिन् ।

स्रोतका अनुसार विराट र अनुष्का एकअर्कासँग टाढा हुँदा पनि विराटकी आमा र अनुष्का दैनिक फोनमा बोल्ने गर्दथे । अनुष्काले मिसेस कोहलीको निकै केयर गर्ने गरेको भारतबाट प्रकाशित जागरण दैनिकमा खबर छ ।

‘सुल्तान’ फिल्मको सूटिङस्थलबाट स्रोतले भन्यो, ‘अनुष्का जब फुर्सद हुन्छ, फोनमा व्यस्त रहन्छिन् । प्राय: उनले विराटकै आमालाई फोन गरेकी हुन्छिन् । साँच्चै विराटको आमाको उनलाई खुबै चिन्ता छ । उनको स्वास्थ्यको निकै ख्याल गर्छिन् ।’

स्मरण रहोस्, एसिया कपअघि विराटले राष्ट्रिय टिमबाट छुट्टी लिएका थिए । उनी अनुष्कासँग समय बिताउन चाहन्थे । तर अनुष्का सलमान खानको सुल्तान फिल्ममा ब्यस्त भइन् ।

विराटले फिल्म छाड्न दवाव दिए पनि आफ्नो करियरकै महत्वपूर्ण फिल्म भएकाले अनुष्काले मानिनन् । त्यसपछि यी दुईको सम्बन्ध चिसिएको चर्चा चलेको थिए ।

सलमानले नै यी दुईबीच प्याचअप गराएको चर्चा छ ।

The post फुर्सद हुने बित्तिकै घण्टौंसम्म फोनमा गफिन्छिन् अनुष्का, तर विराटसँग होइन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles