Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टी-ट्वान्टी क्रिकेटमा विराट कोहलीको पहिलो शतक

$
0
0

राजकोट, १२ वैशाख । भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले ट्वान्टी-ट्वान्टी क्रिकेटमा आफ्नो पहिलो शतक प्रहार गरेका छन् । एक दिवसीय र टेष्ट क्रिकेटमा धेरै पटक शतक बनाइसकेका विराटलाई ट्वान्टी-ट्वान्टीमा शतक बनाउन भने निकै समय कुर्नुपर्यो ।

Virat Kohli

विराटले इण्डियन प्रिमिर लिग आईपीएलमा गुजरात लायन्सविरुद्धको खेलमा आइतबार शतक प्रहार गरेका हुन् । विराट रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान हुन् । यद्यपी उनको यो शतक फर्स्टक्लास करियरमामात्रै गणना हुनेछ ।

आजको खेलमा टिमका लागि पहिलोको बलकोसमेत सामना गरेका विराटले अन्तिम बलमा चौका प्रहार गर्दै शतक पूरा गरे । यसक्रममा ६३ बलको सामना गरेका विराटले ११ चौका र १ छक्का प्रहार गरे ।

विराटको यही सानदार पारीको मद्दतमा आरसिबीले गुजरातसामु १ सय ८१ रनको चुनौती पेश गरेको छ । कोहलीलाई साथ दिएर टिमलाई सम्मानजनक स्कोरसम्म लैजाने क्रममा लोकेश राहुलले ५१ रन जोडे ।

गुजरातका लागि प्रविन ताम्बे र धवल कुलकर्नीले १-१ विकेट लिए ।

 

The post टी-ट्वान्टी क्रिकेटमा विराट कोहलीको पहिलो शतक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles