एजेन्सी । वर्तमान विश्व फुटबलका ‘बादशाह’ लियोनल मेस्सी आफ्नी एक ब्राजिलियन समर्थकबाट वाक्क-दिक्क भइसकेका छन् । ति प्रसंसक हुन् ब्राजिलमा ‘मिस बमबम’ नामले परिचित सुजी कोर्तेज ।
Image may be NSFW.
Clik here to view.
सुजीलाई उनको सेक्सी लुक्सका कारण ‘मिस बमबम’को उपाधि मिलेको हो । सुरुमा यिनी अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीलाई सोशल मिडियामा अर्धनग्न फोटो पोस्ट गर्थिन् । सुरुवातमा त मेस्सीले त्यसलाई नजरअन्दाज गरे । तर, ति मोडलले अतिनै गर्न थालेपछि मेस्सीले उनलाई ब्लक गरिदिए ।
Image may be NSFW.
Clik here to view.
यद्यपी यी ब्राजिलियन मोडल भने आफूलाई मेस्सीको डाइहार्ट फ्यानको रुपमा चिनाउन मन पराउँछिन् । अधिकांश फोटोमा उनलाई बार्सिलोनाको जर्सीमा देख्न सकिन्छ । जसको पछाडि ‘Messi 10‘ पनि लेखिएको हुन्छ । जुन मेस्सीले बार्सिलोनाका लागि खेल्दा लगाउने जर्सी हो । सुजी ब्राजीलमा फुटबलरहरुसँग डेट गर्ने मोडलका रुपमासमेत चिनिन्छिन् ।
Image may be NSFW.
Clik here to view.
मेस्सीले आफूलाई ब्लक गरिदिएपछि उनले सामाजिक सञ्जालमा लेखिन्, ‘जब मेस्सीले ब्लक गरिदिए, त्यसले मलाई ठूलो झट्का लाग्यो । मलाई लाग्छ, यस्तो एंटोनेला (मेस्सीकी प्रेमिका)को कारण भएको हो, जो मसँग जल्छिन् । उनलाई आफैँप्रति आत्मविश्वास छैन भन्ने थाहा पाउँदा निकै आश्चर्य लाग्यो । उनको यो हरकत बच्चाको जस्तो लाग्यो, म त केवल फुटबल प्रसंसक हुँ । यदि सम्भव भयो भने म एंटोनेलालाई भन्न चाहन्छु, तिमीले चिन्ता गर्नुपर्ने कुनै जरुरी छैन ।’
Image may be NSFW.
Clik here to view.
मिस बमबमको हरकतबाट मेस्सीभन्दा उनकी प्रेमिका एंटोेनला रोजुकोलाई बढी तनाव हुन्छ । जो मेस्सीका २ छोराकी आमा पनि हुन् । उनी प्राय फुटबल म्याचमा मेस्सीको हौसला बढाउन पुग्छिन् । उनको साथमा छोराहरु थिएगो र माल्टेओ पनि हुन्छन् ।
Image may be NSFW.
Clik here to view.
जब मेस्सी ५ वर्षका थिए, त्यतिबेला देखिनै एंटोनेलासँग नजिकको चिनजान र हेलमेल थियो । सन २००८ बाट भने यी दुई प्रेम सम्बन्धमा जोडिए ।
Image may be NSFW.
Clik here to view.
The post एक ब्राजिलियन फ्यानबाट वाक्क-दिक्क भइसके मेस्सी, यस्तो छ कारण appeared first on Sajha Post.