एजेन्सी, १२ असार । आइतबार राति भएको कन्फेडेरेसन कपमा जर्मनीले क्यामरुनलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेको थिएन ।
तर दोस्रो हाफमा भने जर्मनीले उत्कृष्ट खेल देखायो । केरेमले खेलको ४८औ मिनेटमा गोल गर्दै जर्मनीलाई अगैता दिलाए भने क्यामरुनका खेलाडी अर्नेष्ट ६४ औ मिनेटमा रातो कार्ड खाँदै बाहिरिए ।
६७ औ मिनेटमा टिमोरले दोस्रो गोल गरे । तर, क्यामरुनका लागि ७९ औ मिनेटमा भिनसेन्टले एक गोल फर्काए । तर८२ औ मिनेटमा टिमोरले तेस्रो गोल गरे ।
गए राति नै भएको अर्को खेलमा चिली र अष्ट्रेलियाबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ । समुह बी को उपबिजेता बन्दै चिली पनि सेमिफाइनलमा प्रबेश गरेको छ ।
The post कन्फेडेरेसन कप: जर्मनीको सानदार जीत, चिली बराबरीमै सिमित appeared first on Sajha Post.