Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बंगलादेशी क्रिकेटर रज्जाक परे सडक दुर्घटनामा

$
0
0

एजेन्सी, १५ असार । बंगलादेशका क्रिकेटर अव्दुल रज्जाक एक खतरनाक सडक दुर्घटनामा परेका छन् । आफ्नो परिवारको साथ खुलनाबाट ढाकातिर जाँदै गरेका रज्जाक आफ्नै गाडीमा सवार थिए र त्यसैक्रममा उनको गाडी उक्त दुर्घटना भएको हो ।  तर समय मै रज्जाक र उनको परिवारलाई घटनास्थलबाट उद्धार गर्दा उनीहरुको ज्यान बचेको छ ।

रिपोर्टका अनुसार गाडीमा उनको साथ उनकी श्रीमती, बहिनी र दुई बच्चाहरु थिए । उनी आफ्ना परिवारहरुसँग इद मनाउन खुलाना गएका थिए । खुलानाबाट ढाका फर्कने समयमा उक्त घटना भएको थियो ।

हाल सबैको अवस्थामा सुधार आइरहेको रिपोर्टले जनाएको छ ।

रज्जाक वानडेमा बंगलादेशबाट सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी हुन् ।

 

 

 

The post बंगलादेशी क्रिकेटर रज्जाक परे सडक दुर्घटनामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles