Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कन्फेडेरेशन कपः मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

$
0
0

एजेन्सी, १६ असार । रसियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । फाइनलमा जर्मनीले चिलीको सामना गर्नेछ । खेलको पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको जर्मनीलाई रोक्न मेक्सिकोले सकेन । जर्मनीका लागि लियोन गोरेट्ज्काले खेलको ६ र ८ औ मिनेटमा गोल गर्दै जर्मनीलाई सानदार अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा पनि जर्मनीले आफ्नो दबाब कायम राख्यो । जर्मनीका लागि तेस्रो गोल ५९ औ मिनेटमा टिमो वर्नरले गरे । तीन गोलले पछि परेको जर्मनीका लागि ८९ औ मिनेटमा मार्को फाबियानले गोल गरे । तर खेल सकिन केही मिनेट बाँकी रहँदा जर्मनीका लागि आमिनले चौथो गोल गरे ।

अन्ततः मेक्सिकोले जर्मनीसँग लज्जास्पद हार व्यहोरेको छ । मिनी विश्वकप जित्ने मेक्सिकोको सपना पनि जर्मनीले टुटाइदिएको छ ।

The post कन्फेडेरेशन कपः मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles