Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कन्फेडेरेशन कप फाइनलः जर्मनी भर्सेस चिली

$
0
0

एजेन्सी, १८ असार । कन्फेडेरेशन कपको फाइनल खेलमा आइतबार राति जर्मनी र चिली आमने सामने गर्दैछन् ।

रसियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

युवा टोलीले भरिएको जर्मनीले फाइनलमा चिलीलाई पराजित गर्ने जर्मनीका प्रशिक्षकले बताएका छन् । उता चिलीका खेलाडीहरुले पनि फाइनल खेलमा कुनै गल्ती गरेमा ठुलो मुल्य चुकाउन पर्ने बताएका छन् ।

चिलीका स्टार खेलाडीहरु उच्च फर्ममा रहेका छन् । सान्चेज, भिडाल, भर्गास तथा अन्य स्टार खेलाडीहरुले जर्मन विरुद्ध उत्कष्ट खेल प्रदर्शन गर्ने बताएका छन् । जर्मनीका खेलाडी डाक्सलरले पनि जर्मनीको पछिल्लो लयले फाइनल जित्नेमा आफुहरु ढुक्क रहेको बताएका छन् ।

विश्वकप विजेता जर्मनीले कोपा अमेरिकन कप विजेता चिलीलाई पराजित गर्दै नयाँ इतिहास रच्ने तयारीमा रहेको छ । चिलीले पनि मिनी विश्वकप जित्ने अवसर नगुमाउने तयारीमा रहेको चिलीका प्रशिक्षक बताउँछन् ।

The post कन्फेडेरेशन कप फाइनलः जर्मनी भर्सेस चिली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles