Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीका लागि महत्वपुर्ण खेलाडी बन्न सक्छन् ‘मोराटा’

$
0
0

एजेन्सी । स्पेनका तथा रियल मड्रिडका चर्चित स्टाइकर अलभारो मोराटा चेल्सी आउने  सम्भावना  बलियो भएको बताइएको छ । । उनलाई अनुबन्ध गर्न चेल्सीले ७० मिलियन पाउण्डभन्दा धेरै रकम तिर्न तयार छ ।

रियलमा खेल्ने अवसर निकै कम प्राप्त भएपछि उनले अरु क्लब जाने निर्णय गरेका थिए । म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्न ठुलो प्रयास गरेको थियो ।

तर, उनले चासो नदेखाएपछि म्यानुले इभर्टनका स्टाइक रोमेलु लुकाकु किनेको थियो । चेल्सीका स्टाइकर डियोगो कोस्टाले क्लब छाड्ने निर्णय गरेसँगै चेल्सी स्टाइकरको खोजीमा रहेको थियो ।

चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेसँग राम्रो सम्बन्ध भएका कारण पनि मोराटा चेल्सी आउने सम्भावना बलियो भएको बताइएको छ ।

The post चेल्सीका लागि महत्वपुर्ण खेलाडी बन्न सक्छन् ‘मोराटा’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles