एजेन्सी ।अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा इंलिस क्लब टोटनहम इटालियन क्लब रोमासँग ३-२ गोलले पराजित भएको छ । म्यानचेस्टर सिटी छाड्दै रोमा क्लब गएका कोलारोभले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
रोमाका लागि पेरोटीले १३ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७० मिनेटमा अण्डरले गोल गर्दै अग्रता दोब्बर बनाए । तर त्यसपछि खेलमा टोटनहम फर्कियो ।
टोटनहमका लागि विक्स र जानसेनले ८७ औ र ९२ औ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याएका थिए । तर खेल सकिन केही सेकेण्ड बाँकी रहँदा रोमाका लागि टुमिनेलोले गोल गर्दै जित दिलाए ।
The post रोमाको सानदार जित appeared first on Sajha Post.