Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पेलेका रेकर्डहरू

$
0
0

एजेन्सी । पेलेको पुरा नामः इडशन एरान्टेस डो नासिमेन्टो
जन्मः सन् १९४० अक्टोबर २३
उचाइः १.७४ मिटर रहेको छ ।
व्यावसायिक फुटबलः सन् १९५६ देखी १९७७
उनले सन् १९५८, १९६२ र १९७० मा भएका विश्वकप फुटबल उपाधि जित्न सफल रहे । उनले ब्राजिलियन सान्टोस, न्युर्योक र ब्राजिलबाट व्यावसायिक फुटबल खेल खेले ।
पेलेका उत्कृष्ट क्षमताः
फुटबल जगतमा ऐतिहासिक नाम कमाउन सफल पेलेलाई फिनिसङ मास्टरको नामले पनि चिनिन्छ । उनको फुटबल ट्याक्टिसबारे ज्ञान र खेलमा स्टाइकरमा हुनुपर्ने गुणका कारण उनले फुटबल करिअर सुरु गरेको सानो समयमा नै सफलता पाउन सके । उनले फुटबल खेल्दा दुवै खुट्टाको प्रयोग गर्थे । उनले दौडन सक्ने क्षमता र बललाई नियन्त्रणमा राख्न सक्ने खुबीको खुब तारिफ हुने गथ्र्यो । फुटबल करिअरमा पेले सधै उच्च लेभलमा रहे । उनको फुटबल करिअर पनि कहिल्यै आरोलो लागेन ।
पेले र म्यारोडोनाको अफिसियल करिअर स्टाटिसटिक्स
पेले भन्छन्,‘मैले मेरो फुटबल करिअरमा १३६३ खेल खेले जसमा १२८१ गोल गर्न सफल भए ।’ तर, उनको दाबीमा भने केही अस्पष्टता रहेको छ । त्यस्तै म्यारोडोनाको पनि उस्तै समस्या रहेको छ ।
पेलेले सान्तोस र न्युर्योक क्लब र राष्ट्रिय टिम ब्राजिल गरेर ६६९ आधिकारीक खेल खेले । उनले ती खेलहरुमा ६२६ गोल गर्न सफल भए । उनको खेल अनुसार गोल अनुपात ०.९६ जुन अर्जेन्टिनाक लिजेण्डभन्दा धेरै राम्रो उपलब्धि हो । म्याराडोनाले सबै गरेर ४९२ वटा आधिकारीक खेल खेले । तीनवटा फरक क्लबबाट खेल खेलेका उनले २५८ गोल गरेका थिए । उनको खेल अनुसार गोल अनुपात ०.५२ रहेको छ ।
पेलेले ब्राजिल र अमेरिकामा रहेर फुटबल खेले । तर, उनले खेलेका लिगलाई युरोपियन क्लबसँग तुलाना गर्ने हो भने त्यति प्रतिस्पर्धात्मक मानिदैन ।
युरोपियन प्रतिस्पर्धामा पेलेको तुलानामा कम गोल गरेका म्याराडोनाको गोल संख्यालाई लिएर विवाद समेत हुने गथ्र्यो र अझै पनि हुने गरेको छ । ब्राजिलबाट उनले ९२ खेल खेलेका थिए जसमा उनले ७७ गोल गर्न सफल भए । १२ गोल उनले विश्वकपमा गरेका थिए । म्यारोडोनाले राष्ट्रिय टोलीबाट ९१ खेल खेले जसमा उनले ३४ गोल गर्न सफल भए । उनले विश्वकपमा ८ गोल गरेका थिए ।
तर, गोलका आधारमामात्र को सर्वोत्कृष्ट खेलाडी भन्न नमिल्ने धेरै फुटबल पण्डितहरुको भनाइ रहेको छ ।
जब पेले र म्याराडोनाले पाएका उपाधिहरुको विषय चल्छ तब व्यक्तिगत अवार्ड तथा उपाधिहरु कसको कति भन्ने चर्चा चल्छ ।

 

 

The post पेलेका रेकर्डहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles