Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले यसकारण रियल म्याड्रिड छोड्न सक्छन्

$
0
0

एजेन्सी, २२ साउन । केही दिन अघि कर छलेको आरोपमा बयान दिन अदालत पुगेका क्रिस्चिआनो रोनाल्डोले आफू पुनः इङल्याण्ड जान चाहेको बताएका थिए । उनको यो भनाईसँगै विभिन्न अड्कलबाजी गर्न थालिएको छ । के रोनाल्डो रियल म्याड्रिड छोडेर म्यान्चेष्टर युनाइटेड जान्छन् ?

रोनाल्डोको भावी कदमबारे अहिले नै केही भन्न सकिँदैन । अदालतमा दिएको प्रतिक्रियाका आधारमा उनी म्यान्चेष्टर युनाइटेडमा आवद्ध हुन लागेको निष्कर्ष निकाल्न अलि हतार हुन्छ । तर उनी यो क्लबमा आवद्ध हुने संभावनालाई भने पूर्णरुपमा नकार्न  भने सकिँदैन । उनी पुनः आफ्नोे पुरानो क्लबमा जान सक्ने संभावनालाई निम्न ५ कारणले झन बलियो बनाएको खेल विश्लेषक बताउँछनः

१.कर छलीको आरोप
स्पेनिस अदालतले अहिले कर छलेको आरोपमा रोनाल्डोमाथि छानबिन गरिरहेको छ । आफूलाई यस्तो आरोप लागेपछि उनले स्पेन र पोर्चुगलमा आफ्नो भविष्य अन्यौलमा रहेको महसुस गरेका छन् ।

एक हप्ता अघि अदातलमा दिएको बयानबाट रोनाल्डोले रियल म्याड्रिड छोड्न चाहेको कुरा प्रष्ट हुन्छ । ‘इङल्याण्डमा यस्तो समस्या भोगेको थिइनँ, त्यसैले म फेरि उतै जान चाहन्छु’, उनले बयानमा भनेका थिए । आफूले सँधै कर तिरेको र कर छल्ने कार्य आफ्नो लागि निकै लाजमर्दो भएको उनको प्रतिक्रिया थियो । उनको यो भनाईबाट उनी प्रिमियर लिगमा पुनः जोडिन चाहेको प्रष्ट अनुमान गर्न सकिन्छ ।

२.म्यान्चेष्टर युनाइटेडको नजरमा रोनाल्डो
केही हप्तादेखि म्यान्चेष्टर युनाइटेडले इन्टर मिलानका विङगर इभान पेरिसिकलाई क्लबमा ल्याउने प्रयास गरेको छ । तर जोजे मोहरिन्होले गरेको ५० मिलियन युरोको प्रस्तावलाई पेरिसिकले अस्विकार गर्न लागेको समाचार माध्यमले बताएका छन् । इन्टर मिलानले पनि उक्त रकम निकै कम भएको प्रतिक्रिया दिएको छ ।

यदि पेरिसिकलाई ल्याउने प्रयास असफल भएमा युनाइटेडले रोनाल्डोलाई ल्याउने प्रयास थाल्ने आंकलन गरिएको छ । रोनाल्डोको दृढता तथा क्षमताका कारण क्लबले उनलाई प्राथमिकतामा राखेको हो । उनको आगमनसँगै क्लबको आक्रामक पंक्ति बलियो हुने भएका कारण उनलाई प्राथमिकतामा राखेको हो ।

३.ठूला क्लबप्रतिको मोह
रोनाल्डोले ठूलो क्लबबाट नै सन्यास लिने बताउँदै आएका छन् । रियल म्याड्रिड आफैमा एउटा ठूलो र चर्चित क्लब हो । तर केही समययता उनको मन इङल्याण्डतर्फ मोडिएको जस्तो देखिन्छ ।

म्यान्चेष्टर युनाइटेड इङ्ल्याण्डको सबैभन्दा ठूलो क्लब हो । यदि स्पेन छोडेर इङल्याण्ड गए भने उनको रोजाइमा यो क्लब नै पर्ने लगभग पक्का छ । रोनाल्डो युनाइटेडमा आवद्ध भएमा उक्त क्लब प्रिमियर लिग च्याम्पियन बन्ने संभावना प्रबल हुन्छ भने अर्कोतिर रोनाल्डोले आफूलाई सदाबहार रूपमा उत्कृष्ट खेलाडी भएको साबित गर्न सक्छन् ।

४. गरिमामय जर्सी
रोनाल्डोले म्यान्चेष्टर युनाइटेडमा रहँदा ७ नम्बरको जर्सी लगाउने गर्थे । जर्ज बेष्ट, इरिक क्यान्टोना तथा डेभिड बेकमजस्ता खेलाडीले लगाएको उक्त जर्सी रोनाल्डोले पनि लगाएका थिए । मेम्फिस डिपेले पछिल्लो पटक उक्त जर्सी लगाएका थिए । तर अहिले यो जर्सी कसैलाई पनि प्रदान गरिएको छैन । यो जर्सीलाई पुनः रोनाल्डोलाई प्रदान गरी यसको गरिमा बचाउनु पर्ने विषयमा ओल्ड ट्रयाफोर्डमा चर्चा हुने गर्छ ।

५.रियल म्याड्रिडका समर्थकको व्यवहार
रोनाल्डोले स्पेनको म्याड्रिडमा एउटा सफल र उत्कृष्ट समय बिताएका छन् । तर उनी त्यति खुशी छैनन् । हालैको कर छलि प्रकरणले उनलाई झन निराश बनाएको छ । यसले गर्दा उनी स्पेन छोड्ने मनस्थितिमा रहेको बुझ्न सकिन्छ । अर्थात् यतिबेला रोनाल्डोले नैतिक सहयोग खोजिरहेका छन् ।

यतिमात्रै होइन, बेलाबेलामा रियल म्याड्रिडका समर्थकले देखाउने व्यवहारले पनि रोनाल्डो निराश हुने गर्छन् । सामान्य गल्तीलाई लिएर समर्थकले उनको खिल्ली उडाउने, आलोचना गर्ने र होहल्ला गर्ने भएकाले म्याड्रिडमा उनी सन्तुष्ट छैनन् । तर म्यान्चेष्टर युनाइटेडका समर्थकले अझै पनि उनलाई सम्मान तथा माया गर्छन् । यदि क्लबमा उनको पुनरागमन भएमा हार्दिकताका साथ स्वागत हुने कुरामा कुनै शंका छैन ।

 

The post रोनाल्डोले यसकारण रियल म्याड्रिड छोड्न सक्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles