Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलले जित्यो कम्युनिटी सिल्ड कप

$
0
0

एजेन्सी, २३ साउन । आइतबार राति भएको कम्युनिटी सिल्ड कपको उपाधि आर्सनलले जितेको छ । आर्सनलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

खेलको ४६ औ मिनेटमा भिक्टर मोजेजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ८० औ मिनेटमा पेद्रो रोद्रिगेज रातोकार्ड खाँदै बाहिरिए । त्यसपछि भने खेलमा आर्सनल फर्कियो ।

खेलको ८३ औ मिनेटमा सिड कोलासिन्याकले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटमा खेल एकएक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

चेल्सीका एकजना खेलाडीले मात्र पेनाल्टी सुटआउटमा गोल गर्न सके । आर्सनलका चार जना खेलाडीले गोल गरे । यो जितसँगै आर्सनलले यस सिजनको प्रिमियर लिगको लागि बलियो सुरुवात गरेको छनक दिएको छ ।

The post आर्सनलले जित्यो कम्युनिटी सिल्ड कप appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles