एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा बार्सिलोनाले चापेकोइन्सलाई ५-० गोलले पराजित गरेको छ ।
पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमाा दुई गोल गरेको थियो ।
बार्साका लागि वार्साका लागि जेरार्ड डिफोलु, सर्जियो बुसकेट, लियोनल मेस्सी, लुइज स्वारेज र डेनिस स्वारेजले एकएक गोल गरेका थिए ।
स्पेनिस लिग हुन केही दिन अझै बाँकी रहेको छ । नेयमार जस्तो स्टार खेलाडी बेचेको बार्सिलोना यस सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधिहरु जित्नै पर्ने दबाब रहेको छ ।
बार्साले नेयमारको विकल्प खोजीरहेको बताउँदै आइरहेको छ ।
The post मैत्रीपुर्ण खेलमा बार्सिलोनाले गर्यो गोलको वर्षा appeared first on Sajha Post.