एजेन्सी, २५ साउन । सोमबार राति भएको सुपर कप खेलमा स्पेनिस जायन्ट रियल मड्रिडले प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ । यो जितसँगै रियलले सुपर कपको उपाधि जितेको छ ।
गत सिजनको च्याम्पियन्स लिग विजेता टोली रहेको रियल युरोपा लिग विजेता म्यानुलाई पराजित गरेको हो । खेलको २२ औ मिनेटमा काशिमेरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
खेलको ५२ औ मिनेटमा इस्कोले अग्रता दोब्बर बनाए । जिदानको टोलीले लगातार उत्कृष्ट खेल खेल्दै आइरहेको छ । म्यानुका लागि एकमात्र गोल ६२ औ मिनेटमा रोमेलु लुकाकुले गरे ।
आउने प्रिमियर लिगको लागि ठुलो धनराशी खर्चिएको म्यानुका लागि प्रशिक्षकलाई यो हारले भने अझै दबाब पारेको छ । रियलले भने आफ्नो सान जोगाइ राखेको छ ।
The post रियल मड्रिडले जित्यो सुपर कपको उपाधि appeared first on Sajha Post.