Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘म खुसी छु नेयमार प्रिमियर लिगमा आएनन्’

$
0
0

एजेन्सी, २६ साउन । प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड स्कुडामोरले नेयमार इंग्ल्याण्ड नआएकोमा खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई खुसी लागेको छ कि  नेयमार प्रिमियर लिगमा आएनन् । प्रिमियर लिगका क्लबले नियमारलाई २२२ मिलियन युरो खर्च गरेर किनेनन् ।’

गएको हप्ता लिग वान क्लब पिएसजीले वाइआउट क्लज तिर्दै नियमारलाई क्लबमा अनुबन्ध गरेको थियो । नेयमार फ्रेन्च लिगमा आवद्ध भएपछि उनीबारे विभिन्न टिकाटिप्पणी भएका थिए ।

क्लबले उनीमाथि गरेको लगानीलाई लिएर समेत विभिन्न खाले चर्चा भइरहेका छन् । उनले भनेका छन्, ‘नेयमारलाई किन्न पिएसजीले गरेको लगानीले अन्य क्लबलाई ठुलो दबाब दिइरहेको छ ।’

फ्यानहरु क्लबमा चर्चित खेलाडीहरु हेर्न क्लबका मालिकहरुलाई दबाब दिइरहेको समेत उनले बताए । उनले भनेका छन्, ‘क्लबमा खेलाडी अनुबन्ध गर्नु कुनै नौलो कुरा होइन । तर, पछिल्लो समय जुन संस्कार चलेको छ त्यसले क्लबहरुलाई कता लैजादैछ त्यसबारे सोच्ने बेला आएको छ ।’

The post ‘म खुसी छु नेयमार प्रिमियर लिगमा आएनन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles