काठमाडौं । भारतले श्रीलंकाविरुद्ध खेलिएको तीन टेस्टको सिरिजमा आफ्नो कब्जा जमाएको छ । भारतीय क्रिकेट टिमले श्रीलंकालाई ३-0 ले पराजित गरेको हो । यसै जितसँगै विराट कोहलीको कप्तानीमा भारतीय टिमले विदेशी भूमिमा ७ टेस्ट म्याच जितिसकेको छ ।
उनले धोनीलाई पछि पार्दै भारतको दोस्रो सबैभन्दा सफल कप्तान बनेका छन् । विराटको कप्तानीमा भारतीय टिमले विदेशी भूमिमा खेलेको १३ मध्ये ७ मा जित हासिल गरेको छ । त्यस्तै धोनीको कप्तानीमा भारतले विदेशी भूमिमा खेलेको ३० म्याचमध्ये ६ वटामा मात्र जित हासिल गरेको थियो । जबकि विराटले विदेशी भूमिमा करियरको १२ औं म्याचमा धोनीसँग बराबरी गरेका थिए । विदेशमा सबैभन्दा बढी म्याच जिताउने किर्तिमान पूर्व कप्तान सौरभ गांगुलीको नाममा छ । उनले ११ खेल जिताएका छन् ।
विराट कोहली भारतीय टेस्ट क्रिकेटको ८५ वर्षदेखिको इतिहासमा यस्तो पहिलो कप्तान हुन् जसको कप्तानीमा भारतले पहिलोपटक विदेशी भूमिमा तीन म्याचको टेस्ट सिरिजमा ३-० ले ह्वाइटवास गर्न सक्यो ।
The post धोनीभन्दा कोहली अगाडि appeared first on Sajha Post.