एजेन्सी । च्याम्पियन्स लिग छनोट खेलमा प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब होफिनहेमलाई २-१ गोलले पराजित गरेको छ ।
पहिलो चरण खेलमा लिभरपुलका लागि आर्नवल्डले खेलको ३५ औ मिनेटमा फ्रिकिक मार्फत सानदार गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुललाई तब अर्को गोलको सफलता मिल्यो जब होफिनहेमका खेलाडी हाभर्डले आत्मघाती गोल गरे ।
तर, काउन्टर अट्याकिंग खेल खेलेको होफिनहेमले खेलको ८७ औ मिनेटमा एक गोल फर्काउन सफल भयो । अब होफिनहेमले लिभरपुलको घरेलु मैदानमा खेल खेल्नेछ ।
The post च्याम्पियन्स लिग छनोट खेलमा लिभरपुललाई सफलता appeared first on Sajha Post.