Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको लज्जास्पद हार, सुपर कपको उपाधि रियल मड्रिडले जित्यो

$
0
0

एजेन्सी । समग्रमा ५-१ को गोलको जित दर्ता गर्दै रियल मडिड्रडले सुपर कपको उपाधि जितेको छ ।

पहिलो चरणको खेलमा बार्सिलोना रियलसँग ३-१ गोलले पराजित भएको थियो । गएराति भएको खेलमा रियलले २-० गोलले बार्सालाई पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना नै उत्रिएको रियलको सामु पुन एकपटक निरिह बन्यो बार्सिलोना । खेलको चौथो मिनेटमा नै मार्को एसिन्सोको गोलमार्फत रियलले अग्रता बनायो ।

खेलको ३९ औ मिनेटमा करिम बेन्जेमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको बार्सा खेलमा फर्कन सकेन । यो जितसँगै रियलले आफ्नो बर्चस्व देखाएका छ भने बार्साको समस्या झन् चुलिएको फुटबल समिक्षकहरु बताउँछन् ।

पाँच खेल प्रतिबन्ध लागेको रोनाल्डोबिना पनि रियल बलियो रहेको र जिदानले बनाएको नयाँ रियलले यस सिजन पनि बर्चस्व राख्ने उनीहरुले बताएका छन् ।

The post बार्सिलोनाको लज्जास्पद हार, सुपर कपको उपाधि रियल मड्रिडले जित्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles