Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

निलम्बित चारै जनालाई समेटेर निर्वाचन गर्न एन्फालाई फिफाको निर्देशन

$
0
0

काठमाडौं, २८ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ ।

फिफाद्वारा मंगलबार पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो ।

ANFAझण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयाङ्क जरिबानाको निर्णय गरेको थियो । ‘इथिक्स कमिटी’को त्यस निर्णयमाथि थापाले गरेको अपिल पनि फिफाले खारेज गरेको थियो ।

त्यसपछि फिफाले रिक्त रहेको अध्यक्ष पदकमा निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो । थापा प्रतिबन्धमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष हुन् ।

फिफाले पत्रमा आगामी जेठ १० गतेभित्र निलम्बनमा परेका तीनजना उपाध्यक्ष र एक सदस्यलाई समेत पुर्नबहाली गर्न निर्देशन दिएको छ । एन्फाले कार्यसमिति बैठकमा लगातार चार पटक अनुपस्थित रहेको भन्दै एन्फा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पङ्कज नेम्वाङलाई एन्फाले निलम्बन गरेको थियो ।

एन्फा नेतृत्वविरुद्ध आन्दोलनरत तीन उपाध्यक्ष शेर्पा, मानन्धर र राई तथा सदस्य नेम्वाङलाई कार्यसमितिले असोज ११ मा साधारण सभासम्म निलम्बन गरेको थियो ।

शेर्पाको नेतृत्वको फुटबलकर्मीहरूको समूहले हाल फिफाबाट भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्ध भोगिरहेका एन्फा अध्यक्ष गणेश थापा तथा एन्फाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए ।

एन्फाले फुटबलको विषयलाई अदालत लगेको, लगातार तीन कार्यसमिति बैठकमा अनुपस्थित भएको लगायतका कारण देखाउँदै चार पदाधिकारीलाई साधारणसभा नभएसम्मभन्दै निलम्बन गरेको थियो ।

एन्फालाई नयाँ निर्वाचन गर्न निर्देशनसहितको पत्र आज प्राप्त भएको बताउँदै प्रवक्ता एवम् प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘पत्रमा नयाँ निर्वाचन गर्न भनिएको छ, यस विषयमा हामी कार्यसमिति बैठकमा राखी छलफल गर्नेछौँ ।’

अहिले फिफा कार्यबाहक नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधानलगायतका पदाधिकारी मेक्सिकोमा हुने फिफाको ६६ औँ कांग्रेस बैठकका लागि मेक्सिको जानुभएकाले उहाँहरू फर्केपछि यस विषयमा छलफल हुने उनले जानकारी दिए । फिफा काँग्रेसको बैठक यही वैशाख ३० र ३१ गते मेक्सिको मेक्सिको सिटीमा हुँदैछ । रासस

The post निलम्बित चारै जनालाई समेटेर निर्वाचन गर्न एन्फालाई फिफाको निर्देशन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images