Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः टोटनहमको सानदार जित, लिभरपुल बराबरीमै सिमित

$
0
0

एजेन्सी, २९ भदौ । च्याम्पियन्स लिगमा टोटनहमले बोरुसिया डटमण्टलाई ३-१ गोलले पराजित गरेको छ । ग्रुप अप डेथ मानिएको यस समुहमा टोटनहमले सानदार खेल प्रदर्शन गरेको थियो ।

टोटनहमका लागि हिंग मिन सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, बोरुसियाका एन्द्रीले खेलको ११औ मिनेटमा बराबरी गोल फर्काए ।

खेलको १५ औ मिनेटमा ह्यारी केनले गोल गर्दै पुन टोटनहमलाई अग्रता दिलाए । खेलको ६० औ मिनेटमा केनले नै टोटनहमका लागि तेस्रो गोल गरे ।

त्यस्तै अर्को इंलिस क्लब लिभरपुलले सेभिल्लासँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । खेलमा अग्रता सेभिल्लाले लिएको थियो । विसाम बेनले खेल सुरु भएको केही मिनेटमा नै गोल गरेका थिए ।

तर, रोबर्टो फिरमिनोले खेलको २१ औ मिनेटमा बराबरी गोल फर्काए । खेलको ३५ औ मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाए ।

दोस्रो हाफ पनि उत्तिकै रोमाञ्तक रह्यो । लिभरपुलले काउन्टर अट्याकिंग खेल प्रदर्शन गर्दा सेभिल्ला भने निरिह जस्तै देखिएको थियो । लिभरपुलका रोबर्टो फिरमिनोले पेनाल्टी सदुपयोग गर्न सकेनन् । खेलको ७२ औ मिनेटमा कोरियाले बराबरी गोल फर्काएका थिए ।

The post च्याम्पियन्स लिगः टोटनहमको सानदार जित, लिभरपुल बराबरीमै सिमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles