Quantcast
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीले हान्यो ६ गोल, अगुइरो ह्याट्रिक हिरो

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १ असोज । शनिबार राति भएको प्रिमियर लिगमा म्यानच्येस्टर सिटीसँग वाटफोर्ड आफ्नै घरेलु मैदानमा ६-० गोलले पराजित भएको छ ।

गएको हप्ता लिभरपुललाई ५-० गोलले पाखा लगाएको सिटीले यो हप्ता पनि उत्कृष्ट खेल प्रदर्शन गरेको छ । सिटीका लागि पुनः एकपटक नायक साबित भएका छन् सर्जियो अगुइयो ।

ह्याट्रिक हिरो बनेका अगुइरोले एसिस्ट पनि गरेका थिए । सिटीका लागि ग्राबियल जेसस, रहिम स्टर्लिङ र ओटामेहन्डीले एकएक गोल गरेका थिए । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि तीन गोल नै हानेको थियो ।

त्यस्तै गएराति भएको अन्य खेलमा टोटनहमले स्वान्सी सिटीसँग गोलरहित बराबरी खेल खेलेको छ । उता बन्र्लीले लिभरपुलसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

The post म्यानचेस्टर सिटीले हान्यो ६ गोल, अगुइरो ह्याट्रिक हिरो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles