काठमाडौं, १ असोज । यु–१९ एसीया कप क्रिकेट छनौटमा हङकङलाई दबाबमा राखेर नेपालले उपाधी हात पारेको छ । अब, एसीया कपका लागि पूर्वी क्षेत्रबाट नेपालको सहभागीता रहनेछ ।
आइतबार बिहान भएको फाइनलमा हङकङ ५ विकेटले पराजित भयो ।
मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।
मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गरेको थियो । कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सके ।
तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । हङकङलाई समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३÷३ विकेट लिए भने अनिलकुमार साह र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिएका थिए ।
The post नेपालले जित्यो, हङकङमाथि बलियो दबाब appeared first on Sajha Post.