एजेन्सी, ५ असोज । बुधबार राति भएको इएफएल कपमा चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, इभर्टन विजयी भएका छन् ।
चेल्सीले नटिङह्याम फरेस्टलाई ५-१ गोलले पराजित गरेको छ । चेल्सीका लागि मिची बातसुवाइले ह्याट्रिक गरेका थिए । त्यस्तै केनेडी र चार्ली मुसुण्डाले एकएक गोल गरे । फरेस्टका लागि एकमात्र गोल टेनडाइले गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले बर्टन एल्भियनलाई ४-१ गोलले पराजित गरेको छ । म्यानुका लागि मार्कस र्यासफोर्डले दुई गोल गरेका थिए । जेस्सी लिंगार्ड र एन्थोनी मार्सलले एकएक गोल गरेका थिए । बर्टनका लागि एकमात्र गोल लियोड डायरले गरेका थिए ।
म्यानचेस्टर सिटीले वेस्टब्रोमलाई २-१ गोलले पराजित गरेको छ । म्यान सिटीका लागि लिरोय सानेले दुई गोल गरे । वेस्टब्रोमका लागि याकुबले एकमात्र गोल गरेका थिए ।
आर्सनलले डनकास्टर रोभर्सलाई १-० गोलले पराजित गरेको छ । आर्सनलका लागि एकमात्र गोल थियो वालकटले गरे ।
सण्डरल्याण्डलाई इभर्टनले ३-० गोलले पराजित गरेको छ । इभर्टनका लागि लिउइनले दुई गोल गरे । त्यस्तै नियासीले एक गोल गरे ।
The post इएफएल कपः म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, म्यानु र इभर्टनको सहज जित appeared first on Sajha Post.