एजेन्सी, ५ असोज । बुधबार राति भएको स्पेनिस लिग ला लिगामा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडलाई झट्का लागेको छ ।
रियल बेटिससँग आफ्नै घरेलु मैदानमा रियल १-० गोलले पराजित भएको छ । रियलका स्टार खेलाडीहरुको कमव्याक भएपनि खेल भने जित्न सकेनन् ।
रोनाल्डो, मार्सेलोजस्ता खेलाडीहरुले अवसर सिर्जना गरेका थिए तर गोल भने गर्न सकेनन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गरेको रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले खेल सकिन केही मिनेट बाँकी रहँदा गोल गरेका थिए ।
यो हारसँगै रियल बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ । ५ खेल खेलेको बार्सिलोनाको १५ अंक रहेको छ ।
उता एट्लेटिको मड्रिडले एथ्लेटिक बिलबाओमाथि २-१ गोलको जित दर्ता गरेको छ । एट्लेटिकोका लागि एन्जल कोरेरा र कारास्काले एकएक गोल गरे । बिलबाओका लागि राउल गार्सियाले गोल गरेका थिए ।
The post रियल मड्रिड आफ्नै घरेलु मैदानमा पछारियो appeared first on Sajha Post.