Quantcast
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको सानदार जित, मेस्सीलेमात्रै हाने चार गोल

Image may be NSFW.
Clik here to view.

एजेन्सी, ४ असोज । मंगलबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले इबारमाथि ६-१ गोलको जित दर्ता गरेको छ । लियोनल मेस्सीले चार गोल गरिरहँदा बार्सिलोनाको शतप्रशित विजययात्राले पनि निरन्तरता पाएको छ ।

मोउसुवा डेम्बेले घाइते भएपछि बार्साको खेलमा कमी आउने धेरैले अनुमान लगाएका थिए ।

तर, गए रातिको खेलले गलत प्रमाणित गरिदियो । लियोनल मेस्सीले खेलको २० औ, ५९ औ, ६२ औ र ८७ औ मिनेटमा सानदार गोल गरे । यसै सिजन बार्सिलोना आएका पोलिन्होले समेत खेलको ३८ औ मिनेटमा गोल गरे ।

गेटाफे विरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका डेनिस स्वारेजले समेत गोल गरे । उता इबारका लागि एकमात्र गोल सर्जी इनरिचले गरे । पाँच खेल खेलेको बार्सिलोनाले अंक तालिकामा १५ अंक जोडेको छ ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा मालागालाई भ्यालेनसियाले ५-० गोलले पराजित गरेको छ । भ्यालेनसियाका लागि साइमन जाजाले ह्याट्रिक गरे । त्यस्तै शान्टि मिना र रोद्रिगोले एकएक गोल गरे ।

The post बार्सिलोनाको सानदार जित, मेस्सीलेमात्रै हाने चार गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles