Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

दुई आत्मघाती गोल हुँदा बार्सिलोनाको सहज जित, रियल मड्रिडको कठिन जित

$
0
0

एजेन्सी, ८ असोन । शनिबार राति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जिरोनालाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै बार्सिलोनाले लिगमा शत प्रतिशत जित निकाल्न सफल भएकाे छ ।

बार्सिलोनाको जित सहज तब भयो जब जिरोनका दुई खेलाडी आत्घाती गोलहरु गरे । खेलको १७ औ र ४८ औ मिनेटमा आदे र मोरेनोले आत्मघाती गोल गरे । खेलको ६९ औ मिनेटमा लुइज स्वारेजले गोल गरे । यो जितसँगै बार्सिलोनाको अंक तालिकामा ६ खेलमा १८ अंक रहेको छ ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा रियलले एलाभेसलाई २-१ गोलले पराजित गरेको छ । रियल बेटिस पराजित भएपछि मड्रिड केही निराश भएको थियो । तर यो जितसँगै रियललाई केही राहत मिलेको छ । रियलका लागि ड्यानियल सेबालसले दुई गोल गरे । एलाभेसका लागि एकमात्र गोल मनु गार्सियाले गरेका थिए ।

The post दुई आत्मघाती गोल हुँदा बार्सिलोनाको सहज जित, रियल मड्रिडको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles