Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीले हान्यो पाँच गोल, अन्य खेलहरुको नतिजा यस्ता छन्

$
0
0

एजेन्सी, ८ असोज । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्धको खेलमा गोलको वर्षा गरेको छ । ६ खेलमा एक अंक पनि बटुल्न नसकेको क्रिस्टल सिटीसँग ५-० गोलले पराजित भएको हो । सिटीका लागि लेरोए साने र रहिम स्टलिङले दुईदुई गोल गरेका थिए । सर्जियो अगुइरोले एक गोल गरे ।
म्यानचेस्टर युनाइटेडले पनि साउथह्याम्टथमाथि १-० गोलको जित दर्ता गरेको छ । म्यानुका लागि एकमात्र गोल रोमेलु लुकाकुले गरे ।
चेल्सीले स्टोक सिटीलाई ४० गोलले पाखा लगाएको छ । चेल्सीमा यसै सिजन आएका अल्भारो मोराटाले ह्याट्रिक गरे । त्यस्तै पेद्रो रोद्रिगेजले एक गोल गरे ।
लिभरपुलले लेइसेस्टरमाथि ३-२ गोलको जित दर्ता गराएको छ । निकै रोमाञ्चक खेलमा लिभरका लागि मोहम्मद सलाह, फिलिपिनो कोटिन्हो, जोर्डन हेण्डरसनले एकएक गोल गरे । लेइसेस्टरका लागि सिन्जी ओकाजाकी र जेम्स भर्डीले गोल गरे । भर्डीले ७३ औ मिनेटमा पेनाल्टी मिस गरेका थिए ।

प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर सिटी १६ अंकका साथ शिर्षस्थानमा, म्यानु १६ अंकका साथ दोस्रो स्थानमा र चेल्सी १३ अंकका साथ तेस्रो स्थानमा रहेका छन् ।

The post म्यानचेस्टर सिटीले हान्यो पाँच गोल, अन्य खेलहरुको नतिजा यस्ता छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles