एजेन्सी, ८ असोज । अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्न फेरि अर्को समस्यामा फसेका छन् । एक जना पोर्न स्टारलाई हिर्काएको आरोप लागेपछि वार्न समस्यामा फँसेका हुन् । ती पोर्न स्टारले वार्न ‘घटिया मानिस’ भएको समेत बताएकी छन् ।
तीस वर्षीया पोर्न स्टार भेलेरी फक्सले आफूलाई शेन वार्नले हिर्काएको आरोप लगाएकी छन् । आफ्नो मुखमा वार्नले हानेको आरोप लगाउँदै फक्सले प्रहरीसमक्ष उजुरी दिएकी छन् । उजुरी बाहेक उनले एउटा फोटो सामाजिक सञ्जालमा पोष्ट समेत गरेकी छन् । पोष्ट गरिएको फोटोको क्याप्सनमा ‘तिमीलाई आफूमाथि निकै गर्व लाग्छ हैन, एउटी महिलालाई पिट्ने तिमी निकै घटिया मानिस हौं’ भनेर लेखिएको छ ।
‘मैले झूटो कुरा गरेकी छैन । तिमी निकै प्रख्यात व्यक्ति हौ तर महिलामाथि हातपात गरेको तिमी यत्तिकै उम्किन सक्दैनौं,’ फक्सको स्टेटसमा लेखिएको छ ।एक नाइट क्लब बाहिर वार्नसँग भएको झगडामा फक्स भूईंमा गिरेको प्रत्यक्षदर्शीले बताएको समाचार माध्यमले जनाएका छन् । उक्त घटना लण्डनको नाइट क्लवमा भएको थियो । पीडित महिलाले गरेको उजुरीलाई प्रहरीले अहिले छानबिन गरेको बताइएको छ ।
The post पोर्न स्टारले शेन वार्नलाई ‘घटिया मानिस’ भनेपछि… appeared first on Sajha Post.