Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लालिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै, रियलको पनि सहज जित

$
0
0

एजेन्सी, १६ असोज । आइतबार राति भएको स्पेनिस लिगमा बार्सिलोनाले लस पाल्मसलाई ३-० गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्टेडियममा दर्शकहरु भने थिएनन् ।

स्वतन्त्र जनमत संग्रह गरेको भन्दै स्पेन सरकारले क्याटालानमा हस्तक्षेप गरेको थियो । हिंसा भड्किन नदिन स्टेडियममा दर्शकहरुलाई प्रवेश निषेध गरिएको थियो । बार्साका लागि सर्जियो बुसकेटले खेलको ४९ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ७० र ७७ औ मिनेटमा लियोनल मेस्सीले दुई गोल गरे । लिगमा सात खेल खेलिसकेको बार्सिलोनाको २१ अंक रहेको छ । अपराजित यात्रा गरिरहेको बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

रियल मड्रिडले स्पानियोललाई २-० गोलले पराजित गरेको छ । रियलका लागि दुवै गोल इस्कोले गरेका थिए ।

The post लालिगा: बार्सिलोनाको अपराजित यात्रा कायमै, रियलको पनि सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles