Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एथ्लेटिको मड्रिड पेनाल्टीमा चुकेपछि रियल मड्रिडको पोल्टामा च्याम्पियन्स लिग

$
0
0

Real Madrid won champians League

एजेन्सी, १६ जेठ । रियल मड्रिडले पेनाल्टी सुटआउटमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

लिगमा रियल मड्रिडभन्दा अघि रहेर बार्सिलोनालाई उपाधि होडमा टक्कर दिइरहेको एथ्लेटिको मड्रिड महत्वपूर्ण खेलमा पराजित हुँदै अभागी टिमकोरुपमा दर्ज भएको छ । एथ्लेटिकोले तेस्रो स्थानमा रहेर ला लिग टुंग्यायो । फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि पेनाल्टीमा एथ्लेटिको चुकेपछि रियल मड्रिडले उपाधि चुमेको हो । रियल मड्रिडको यो ११औं उपाधि हो ।
मिलानमा गए राति भएको फाइनलमा निर्धारित र थप गरिएको समयमा रियल मड्रिडलाई १–१ को बराबरीमा रोकिएपछि च्याम्पियन्स लिगको उपाधि पहिलो पटक जित्ने राम्रो मौका पाएको एथ्लेटिको मड्रिडले अवसर गुमायो । यसअघि सन् २०१४ को फाइनलमा पनि एथ्लेटिको मड्रिड रियल मड्रिडसँगै पराजित भएको थियो ।

त्यसअघि पनि सन् १९७४ को फाइनलमा बार्यन म्युनिकसँग पराजित भएर एथ्लेटिकोले उपविजेतामै चित्त बुझाएको थियो । यसपटक पनि एथ्लेटिको पेनाल्टी सुट आउटम ३-५ ले पछाडि परेर उपविजेतामै साँघुरिन बाध्य भयो ।

रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।

The post एथ्लेटिको मड्रिड पेनाल्टीमा चुकेपछि रियल मड्रिडको पोल्टामा च्याम्पियन्स लिग appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles