Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हङकङद्वारा नेपाल पराजित

$
0
0

काठमाडौं, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङद्वारा नेपाल ८३ रनले पराजित भएको छ ।

हङकङले दिएको १९५ रनको चुनौति पछ्याउने क्रममा नेपाल मात्र ३४.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो ।

नेपालका लागि ओपनर सागर पुन ३ तथा ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए भने कप्तान पारस खड्का२६ रनमा पेभेलियन फर्के ।

आरिफ सेखले २३ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । आशा गरिएका विनोद भण्डारी पनि १८ रनमै सीमित भएपछि नेपालको हार सुनिश्चित भयो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ निर्धारित ५० ओभरमा १९४ रन जोड्दै अलआउट भयो । हङकङका लागिजिमी अट्किन्सनले सर्वाधिक ७६ बनाउँदा तनविर अफजलले ३८ तथा कप्तान बबर हयातले २९ रन जोडे ।

त्यसैगरी अलावा वाकस खानले १४, इसान नवाजले १६ र निजाकट खानले १२ रनकोयोगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।  करण केसी र बसन्त रेग्मीले दुई/दुई विकेट लिए । त्यस्तै सुशान भारीले १ विकेट लिए ।

The post हङकङद्वारा नेपाल पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles