Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सात गोल गर्दै बनायो नयाँ रेकर्ड

$
0
0

एजेन्सी, २९ असोज । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्टोक सिटीलाई ७-२ गोलले पराजित गरेको छ ।

यो जितसँगै प्रिमियर लिगमा ८ खेलमा २९ गोल गर्दै म्यान सिटीले नयाँ रेकर्ड बनाएको छ । सन् १८९४-९५ को लिगमा इभर्टनले रेकर्ड बनाएको थियो । त्यस यता कुनै क्लबले पनि यति धेरै गोल गर्न सकेका थिएनन् ।

तर २१ औ शताब्दीमा आएर म्यान सिटीले रेकर्ड कायम गर्न सफल भएको छ । म्यान सिटीका लागि ग्राबियल जेससले दुई गोल गरेका थिए ।

त्यस्तै रहिम स्टर्लिङ, डेबिड सिल्भा, लियोरे साने, फर्नानडिनो र बर्नान्ड सिल्भाले एकएक गोल गरेका थिए । स्टोक सिटीका लागि मामे डियोफले गोल गरेका थिए । म्यान सिटीका काइल वाल्करले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै म्यान सिटीले म्यानचेस्टर युनाइटेडसँग पनि अंकदुरी बढाएको छ । लिभरपुलसँग गोलरहित बराबरी खेल खेलेको युनाइटेडको ८ खेलमा २० अंक रहेको छ भने सिटीको २२ अंक रहेको छ ।

The post प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सात गोल गर्दै बनायो नयाँ रेकर्ड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles