Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सशस्त्र प्रहरी जवान पार्करलाई अमेरिकाको निम्तो

$
0
0

काठमाडौं । पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश सुनार गाउँमा उफ्रिएको, उल्टिएको देख्दा जीवनको यात्रा कसरी गर्ने होला भन्ने चिन्तामा थिए । त्यो चिन्ता लिँदालिँदै जब छोरालाई सशस्त्र प्रहरीका तत्कालिन प्रमूख सनत बस्नेतले उठाएर हलचोक पुराए, उनीहरूको सपनाको पहिलो खुड्कीलो पुरा भयो । अब छोरा कमाउने भयो पाल्न सक्छ भन्ने ठानेका सुनार दम्पत्तीका लागि दिनेश एउटा आशावादी छोराका रूपमा अघि बढेका छन् ।

उनी परिवारको मात्र होइन, गाउँ र देशको आशाका केन्द्रको बाटोमा लागेका छन् । उनको कला हेर्दा सानो छ तर असामान्य छ । पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टीने दिनेश त्यहि निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने यात्रामा लागेका छन् । त्यसका लागि उनलाई थप तालिम दिन अमेरिकाले बोलाइसकेको छ ।

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ ।

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । ‘प्रशिक्षण त लिएको छैन तर अभ्यासले मलाई अघि बढ्न मद्दत गरेको छ’, दिनेश भन्छन् ।

पार्कर थालेको ८ वर्ष पुग्यो, सशस्त्रमा काम थालेको ६ वर्ष । उनी जागिरे हुनुपूर्व नै हलचोकमा ल्याइएका थिए । उनको पार्करको कामै देखेर तत्कालिन सशस्त्र प्रहरी प्रमूख सनतकुमार बस्नेतले खोटाङबाट टपक्क टिपे, दिनेशलाई । ‘मेरो जीवनमा आम्दानीको स्थायी बाटो बनाइदिनुभयो र मेरो कलालाई दुनियाँमा पुराउनका सशस्त्रका अन्य अफिसरले सहयोग गर्नुभयो ।’, उनी थप्छन्,‘अहिले गिनिज बुकमा नाम लेखाउनका लागि पनि संगठनको ठूलो साथ छ ।’

गिनिजबुकको एउटा सपना छँदै छ, अब उनलाई सपनाको देश अमेरिकाले निम्तो दिइसकेको छ । वल्र्ड फ्रि रनिङ पार्कर फेडेरशनले तीन महिनाको तालिमका लागि बोलाएको छ । ‘यो निक्कै खुशीको अवसर बनेको छ मेरो लागि । वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि तयार पार्ने पनि प्रस्ताव गरिएको छ’, दिनेश भन्छन् । उनलाई १० सेप्टेम्बरमा अमेरिकाको निम्तो आयो । निम्तो आउनासाथ उनको ५ वर्षका लागि अमेरिकाको भिषा पनि लागि सकेको छ । तीन महिनासम्म खान बस्न र तालिम निशुल्क दिने फेडेरशनको प्रस्ताव छ ।

हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि पार्कर गर्न सफल भएका दिनेशका भिडियो युट्युवमा पनि चर्चामा छन् ।

‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराउन लागेका हुन् । यो विषयमा अहिलेसम्म गिनिजबुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् । गराएको खण्डमा उनी पहिलो व्यक्ति हुनेछन् गिनिजबुकका लागि, नेपालका लागि र सशस्त्र प्रहरीका लागि पनि । ‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख छ, मैले १८ पटकसम्म गरेको छु ।’, दिनेश आशावादी हुँदै भन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सक्छु भन्ने विश्वास पनि छ ।’

पार्कर काम शरिरलाई जोखिममा राखेर गरिने काम हो । दुर्घटना भए जीवन नै खतरामा पर्ने भएपनि उनी डराएनन् । भन्छन्,‘सुरक्षित ठाउँ र कन्फिडेन्सले काम गर्छ । आत्मविश्वास बलियो बनाएर यो यात्रामा अघि बढेको छु ।’ उनको सहयात्रामा श्रीमति शर्मिला सुनारले कहिले रोकिनन् । बरू, अघि बढ्ने हौसलामात्र दिइन् । रेसलर बहिनी अस्मिता, काका सुवास, भाई सुनेसले दाईको यो जोखिमपूर्ण कामलाई विश्वमाझ लैजानका लागि हौसाए । ‘परिवारको पूरै सहयोग र साथ छ । म यहि कुराले पनि उत्तोलित भएको छु । बाहिर पनि मलाई साथ दिनेमात्र भेटेको छु ।’

The post सशस्त्र प्रहरी जवान पार्करलाई अमेरिकाको निम्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles