एजेन्सी, ८ कात्तिक । मंगलबार राति भएको इएफएल कपमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीलाई २-० गोलले पराजित गरेको छ ।
यो जितसँगै म्यानु इएफएल कपको अर्को चरणमा प्रवेश गरेको छ ।
म्यानुका लागि जेस्सी लिंगार्डले दुई गोल गरेका थिए । शनिबार भएको प्रिमियर लिग खेलमा हडल्सफिल्डसँग २-१ गोलले पराजित भएपछि प्रशिक्षक जोसे मोउरिनोको व्यापक आलोचना भएको थियो ।
यो जितले म्यानुलाई केही राहत दिएको छ ।
The post म्यानचेस्टर युनाइटेडको सामु निरिह बन्यो स्वान्सी सिटी appeared first on Sajha Post.