Quantcast
Viewing all articles
Browse latest Browse all 7991

मेसीको पोस्टर बनाएर आईएसआईएसले दियो धम्की

Image may be NSFW.
Clik here to view.

एजेन्सी, ८ कात्तिक। आगामी वर्ष रुसमा हुन लागेको विश्वकपलाई मध्यनजर गर्दै आतंकवादी संगठन आईएसआईएसले चर्चित खेलाडी लियोनल मेसीको पोस्टरमा धम्की दिएका छन् । उक्त पोस्टरमा लियोनल मेसी जेलमा परेर उनको आँखाबाट रगत बगिरहेको देख्न सकिन्छ ।

Image may be NSFW.
Clik here to view.

अर्जेन्टिना र बार्सिलोनाका सर्वोत्कृष्ट खेलाडी मेसीको पोस्टर बनाएर आईएसआईएसका लडाकुले रुसलाई धम्की दिएका हुन् । आगामी वर्षको विश्वकपलाई लक्षित गरि हमला गर्ने तयारी गरिरहेको उनीहरुले संकेत गरेका हुन् । यसअघि पनि रुसको फुटबल स्टेडियम बाहिर बन्दुक र बिस्फोटक पदार्थ बोकिरहेको पोस्टर फेला परेको थियो । उक्त पोस्टरमा मुजाहिदिनको आगोबाट कोही पनि बच्न नसक्ने भन्दै धम्की दिइएको थियो । सिरिया र इराकबाट जिहादीहरुलाई निकाल्न चलाइएको अभियानविरुद्ध उनीहरुले धम्की दिएको बताइएको छ । गत हप्ता पनि एक आईएसआईएसका लडाकुले स्टेडियम अगाडी बन्दुक ताकिरहेको पोस्टर फेला परेको थियो ।

Image may be NSFW.
Clik here to view.

सन् २०१८ मा हुन लागेको विश्वकप फुटबल रुसका ११ शहरमा खेलाइनेछ । यस खेललाई हेर्न बेलायतबाट मात्रै हजारौंका सङ्ख्यामा दर्शकहरु भेला हुनेछन् । यस्तोमा आईएसआईएसहरुको धम्कीपूर्ण पोस्टरले थुप्रै प्रश्न उठाइरहेको छ । विश्वकप फाइनल गराइने शहर सेन्ट पिटरस्वर्गमा यसअघि आईएसले भयानक हमला गरिसकेका छन् जसमा १४ मानिसले ज्यान गुमाएका थिए । रुसले आईएसलाई हटाउन गरेको विमान हमलाको जवाफमा उनीहरुले सो आक्रमण गरेका थिए । यसैकारण रुसको सुरक्षालाई अझ कडा पार्नका लागि अहिले हजारौं सेना पिटरस्वर्गमा तैनाथ छन् ।

The post मेसीको पोस्टर बनाएर आईएसआईएसले दियो धम्की appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles