Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको बिलबाओ पराजित

$
0
0

एजेन्सी, १२ कात्तिक । शनिबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई २-० गोलले पराजित गरेको छ ।

बार्साका लागि लियोनल मेस्सीले खेलको ३६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २० औ मिनेटमा भने उनले गोल गर्ने सुनौलो अवसर गुमाए ।

निकै रोमाञ्चक र आक्रामक खेलमा बार्सिलोनामाथि एथ्लेटिको बिलबाओले उति नै दबाब सिर्जना गरेको थियो । खेल सकिन केही समय बाँकी रहँदा पउलिन्होले बार्साका लागि दोस्रो गोल गरे ।

यो जितसँगै बार्सिलोनाको अंक तालिकामा १० खेलमा २८ अंक भएको छ । उता एट्लेटिको मड्रिड र भिल्लारियलबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ ।

The post बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको बिलबाओ पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles