Image may be NSFW.
Clik here to view.
पोखरा २३, फागुन । रसियाका ग्लेव सुखोत्सकीले पर्यटकीय नगरी पोखरामा सम्पन्न १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि आफ्नो पोल्टामा पारेका छन् । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगितमा उनले ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् । पाँच दिनको टाक्सको आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि आफ्नो कब्जामा पार्न सफल भएका हुन ।
भारतका अजय कुमार शर्मा उपविजेता भए । उनले ५ दिनको टाक्समा ३ हजार २ सय ८५ अंक ल्याएका हुन् । शर्माको ग्लेव भन्दा २९ अंक कम हो । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले ३ हजार २ सय ४१ अंक जोडे ।
त्यसै गरी महिलातर्फ भएको प्याराग्लाईडिङ प्रतियोगितामा कोरीयाकी युन हि कीम प्रथम भएकी छन् । ५ दिनको टाक्समा उनले २ हजार ५ सय ५१ अंक ल्याउदै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंक ल्याउदै दोश्रो स्थानमा रहिन। काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।
त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्य विशाल श्रेष्ठ प्रथम भएका छन । उनले ५ दिनको टाक्समा ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन । २ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो स्थान हासिल गर्न सफल भए । २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजन भने तेश्रो स्थानमा रहेका छन । त्यसै गरी स्पोर्टस क्लासमा विशाल थापा प्रथम, रविन गुरुङ दोश्रो र अनिस भट्टराइ तेश्रो भए ।
त्यसै गरी नेपाली वेष्ट डेव्युमा शेर बहादुर गुरुङ र शंकर गुरुङ घोषित भए । समुहमा उत्कृष्ट क्रिमिया भयो भने दोश्रो युक्रेनको टीम र तेश्रो रसियनको टिम भएको छ ।
खुल्लामा विजेतालाइ ४० हजार, उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो । अन्य ईभेण्टमा विजेतालाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो स्थान हासिल गरेकालाई जनहि १० हजार साथमा ट्रफी मेडल प्रदान गरीएको थियो ।
प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिपीएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए । फागुन १५ गतेबाट सुरु भएको प्रतियोगिताको अवधिमा शनिबार अभ्यास खेल, एक दिन टाक्स रद्ध गर्नु पर्यो भने एक दिन खराव मौसमका कारण ८ जना प्याराग्लाईडीङ पाईलटहरु फेवातालमा खसेका थिए ।
Image may be NSFW.
Clik here to view.
चैतअघि लोडसेडिङ नघट्ने
भारतबाट ८० मेघावट थप विद्युत आयात भएपनि लोडसेडिङ नघट्ने भएको छ । माग र आपूर्तिबीच गहिरो असन्तुलनले विद्युत भार कम गर्न चैतसम्म कुर्नुपर्ने देखिएको हो ।
भारतबाट थप बिजुली आयात भएपछि दैनिक २ घण्टासम्म लोडसेडिङ कटौती हुने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको थियो । तर, आयात भएको ३ साता बितिसक्दा पनि दैनिक विद्युत कटौती १३ घण्टा नै कायम छ ।
मागभन्दा झन्डै ८०० मेगावट विद्युत आपूर्ति कम भएपछि लोडसेडिङ घटाउन नसकिएको प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख भुवनकुमार क्षेत्री बताउँछन् । उनका अनुसार केन्द्रीय प्रसारण विस्तार भएका क्षेत्रमा १ हजार ३५० मेगावट विद्युत आवश्यक भए पनि जम्मा ५५० मेगावटमात्र प्रसारण भइरहेको छ ।
‘अघिल्लो वर्षको तुलनामा माग बढेको छ,’ लोडसेडिङ उनले भने, ‘भारतबाट थप आयात नभएको भए लोडसेडिङ दैनिक १६ घण्टा पुग्ने थियो ।’
The post रसियाका ग्लेबलाई खुल्ला प्याराग्लाईडिङको उपाधि appeared first on Sajha Post.