काठमाडौं, १० मंसिर । खेलकुदको राष्ट्रिय टोलीमा रहेका कुनैपनि सदस्यले राजनीतिक दल वा नेता विशेषका विषयमा बोल्ने विश्वव्यापी मान्यतालाई कुल्चँदै क्रिकेटर शरद भेष्वाकरले नेपाली कांग्रेसका नेता गगन थापालाई मत दिने घोषणा गरेका छन् ।
थापाको छिमेकी भएको र सानैदेखि उनको राजनीतिप्रतिको लगाव देखेका कारण मत दिन लागेको उनले एक भिडियो रेकर्डिङमार्फत भनेका छन् । जसलाई गगन थापाको प्रचारका लागि खोलिएको युट्युब च्यानलबाट प्रशारण गरिएको छ ।
वैज्ञापनिक आधार नभएको यो भिडियोमा आफ्नो गोप्य मतदानबारे भेष्वाकरले खुलेर बोलेका छन् । जसलाई गगन थापाले चुनावी आधार बनाएर प्रचार गरिरहेका छन् । मौन अवधिका समयमा पनि यस भिडियोलाई निक्कै पटक शेयर गरि प्रशारण गरिएको थियो । जुन निर्वाचन आचारसंहिताअनुसार मौन अवधिको उल्लङ्घन पनि हो ।
अर्कोतिर आफ्नो गोप्य मतदानको बारेमा राजनीतिक रङ् नदेखिनुपर्ने राज्यको सम्पत्ति मानिने खेलाडीले यसरी हाकाहाकी भनेपछि भेष्वाकरको विरोध समेत भएको छ । भेष्वाकरले आफ्नो व्यक्तिगत चाहना बताएपनि आफूलाई राष्ट्रिय टोलीको सदस्यको परिचय खुलाएर भोट समेत मागेका छन् ।
The post विश्वव्यापी मान्यता कुल्चँदै क्रिकेटर शरद भेष्वाकरले गगन थापाको पक्षमा बोलेपछि… appeared first on Sajha Post.