Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

श्रीलंकाविरुद्ध दोस्रो वान-डेपछि धोनीले सन्यास लिने !

$
0
0

एजेन्सी, १९ मंसिर । भारत र श्रीलंकाको बीच मोहालीमा हुने दोस्रो वानडे म्याच धोनीका लागि अन्तिम हुनेछ । अचम्ममा नपर्नुहोस् यो भारतीय टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नभई पञ्जाब पुलिसका स्निफर डग (कुकुर) धोनीको कुरा हो यो ।

धोनीले दस वर्षसम्म सेवा गरेपछि पुलिसबाट रिटायर हुन लागेको हो ।

धोनीले बम तथा अन्य शंकास्पद वस्तुहरु पत्ता लगाउन माहिर छ । धोनीले सन् २००७ को फेब्रुअरीदेखि सेवा दिइरहेको छ । यस क्रममा धोनीले धेरै देशका राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीसँगै भारत र पाकिस्तानबीचमा भएको वर्ल्ड कप म्याच समेत विभिन्न ठूला कार्यक्रममा ड्यूटी गरिसकेको छ ।

तर, अहिले करिब १० वर्ष सेवा प्रदान गरेपछि अवकाश लिन लागेको हो । धोनी अहिलेसम्म पनि शारीरिक रुपमा फिट छ । तर, पञ्जाब पुलिसले उसलाई अवकाश दिन लागेको हो । धोनीले १३ डिसेम्बर मा हुन लागेको भारत र श्रीलंकाबीचको खेलमा अन्तिम पटक ड्यूटी गर्नेछ ।

The post श्रीलंकाविरुद्ध दोस्रो वान-डेपछि धोनीले सन्यास लिने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles