Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डब्लुसिएल च्याम्पियनसिप : नेपालद्वारा युएईलाई २२२ रनको चुनौति

$
0
0

काठमाडौं, २० मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले युएईलाई २ सय २२ रनको चुनौति दिएको छ ।

बुधबार आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर बलिङ पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ बनाउन सफल भयो । शरद भेषवाकरको उत्कृष्ट ब्याटिङले नेपालले ठूलो स्कोर खडा गर्न सकेको हो । शरदले ९५ बल खेल्दै ५ चौकाको मदतले नटआउट ८१ रन बनाए । ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ८३ बलको सामना गर्दै ५४ रन जोडे । उनले ६ चौका हिर्काएका थिए । त्यस्तै अर्का ओपनिङ ब्याट्सम्यान दिलिप नाथ १६ रनमै पेभेलियन फर्के ।

आरिफ शेख खाता नै नखोली पेभेलियन फर्कँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । कप्तान पारस खड्का र सोमपाल कामीले समान २०/२० बनाए ।
बलिङतर्फ युएईका जाहुर खानले २ विकेट लिए।

The post डब्लुसिएल च्याम्पियनसिप : नेपालद्वारा युएईलाई २२२ रनको चुनौति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles