Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दै नेपाल

$
0
0

काठमाडौं, २० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दैछ ।

च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र हुनेछ । पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।

पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो । च्याम्पियनसिपमा नेपालले आगामी शुुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ ।

The post आज घरेलु टोली युएईसँग पहिलो खेल खेल्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles