एजेन्सी, २० मंसिर । पछिल्लो समय उच्च फर्ममा रहेको म्यानचेस्टर युनाइटेडले रसियन क्लब सिएसके मस्कोलाई २-१ गोलले पराजित गरेको छ ।
यस अघि नै च्याम्पियन्स लिगको दोस्रो चरणका लागि छनौट भइसकेको म्यानुका लागि रोमेलु लुकाकु र मार्कस र्यासफोर्डले गोल गरेका थिए । सिएसके मस्कोका लागि एकमात्र गोल भिन्टिन्होले गरेका थिए ।
समुह ए बाट म्यानु र बासेल अर्को चरणमा प्रवेश गरेका छन् । गए राति नै भएको अर्को खेलमा बासेल बेनेफिकासँग २-० गोलले पराजित भएको थियो ।
The post म्याचेस्टर युनाइटेड र बासेल च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश appeared first on Sajha Post.