Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीको लज्जास्पद हार !

$
0
0

एजेन्सी, २० मंसिर । गए राति भएको च्याम्पियन्स लिगमा बार्यन म्युनिखले आफ्नै घरेलु मैदानमा पिएसजीलाई ३-१ गोलले पराजित गरेको छ ।

पाँच खेलमा अपराजित रहेको पिएसजी अन्तिम खेलमा भने पराजित भएको हो । बार्यनका लागि रोबर्ट लिडोनोस्कीले खेलको ८ औ मिनेटमा गोल गरेका थिए ।

खेलको ३७ औ मिनेटमा कोरिन्टन टोलिसोले दोस्रो गोल गरे । दोस्रो हाफमा काइलियन एमबाप्पेले गोल गर्दै खेलमा फर्कने सकेंत देखाए । तर, कोरिन्टनले तेस्रो गोल गर्दा पिएसजी निरिह देखियो ।

दुवै टोलीको १५ अंक भएपनि गोल भिन्नताका आधारमा पिएसजी शिर्ष स्थानमा रहेको छ । यस समुहबाट पिएसजी र बार्यन म्यनिख अर्को चरणमा प्रवेश गरेका छन् भने सेल्टिक र एण्डरलेच बाहिरिएका छन् ।

The post पिएसजीको लज्जास्पद हार ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles