एजेन्सी, २० मंसिर । चेल्सीसँग एकएक गोलको बराबरी खेलको एट्लेटिको मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । साउल निगुइचले खेलको ५६ औ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर, स्टेभेनले आत्मघाती गोल गर्दा एट्लेटिको बराबरीमा सिमित हुन पुग्यो । अर्को चरणमा पुग्न रोमा काराबागसँग हार्नु पथ्र्यो भने चेल्सीलाई एट्लेटिकोलाई हराउनै पर्ने बाध्यता थियो ।
उता रोमाले काराबागलाई १-० गोलले पराजित गरेको छ । च्याम्पियन्स लिगको सी समुहबाट रोमा र चेल्सी अर्को चरणमा पुग्न सफल भएका छन् । एट्लेटिकोले भने अब युरोपा लिग खेल्नेछ ।
The post एट्लेटिको मड्रिड आउट ! appeared first on Sajha Post.