Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः बार्सिलोना र युभेन्ट्सको सहज जित

$
0
0

एजेन्सी, २० मंसिर । मंगलबार राति भएको च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले स्पोर्टिङ सिपीलाई २-० गोलले पराजित गरेको छ ।

पहिलो हाफमा गोल गर्न चुकेको बार्सिना दोस्रो हाफमा भने गोल गर्न सफल रह्यो ।

यस सिजन अपराजित समेत रहेको बार्सिलोनाका लागि फ्रान्सिसको अल्कासरले खेलको ५९ औ मिनेटमा गोल गरे ।

खेलको ९० औ मिनेटमा जेरेमी माथिउले आत्मघाती गोल गरे । त्यस्तै गए राति नै भएको अर्को खेलमा युभेन्ट्सले ओलम्पियाकसलाई २-० गोलले पराजित गरेको छ ।

युभेन्ट्सका लागि कुवाड्राडो र फेडरिकोले एकएक गोल गरेका थिए । यो जितसँगै ग्रुप डी बाट बार्सिलोना र युभेन्ट्स अर्को चरणमा प्रवेश गरेका छन् ।

The post च्याम्पियन्स लिगः बार्सिलोना र युभेन्ट्सको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles