एजेन्सी, २१ मंसिर । बुधबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले स्पार्टक मस्कोलाई ७-० गोलको भारी फराकिलो जित दर्ता गरेको छ ।
च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा लिभरपुल सामु रसियन क्लब स्पार्टक मस्को निरिह देखियो ।
लिभरपुलका लागि फिलिपिनो कोटिन्होले ह्याट्रिक गरेका थिए ।
त्यस्तै साइडो मानेले दुई गोल गरे । रोबर्टो फिरमिनो र मोहमम्द सलाहले एकएक गोल गरे । समुह इ बाट लिभरपुल र सेभिल्ला अर्को चरणमा जान सफल भएका छन् ।
The post लिभरपुलले हान्यो सात गोल appeared first on Sajha Post.