एजेन्सी, २१ मंसिर । यस सिजन अपराजित रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा सख्तर डोनेस्टीकसँग २-१ गोलले पराजित भएको छ ।
बुधबार राति भएको खेलमा सख्तर डोनेस्टीकले पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो । उसका लागि बनार्ड र इमालीले गोल गरेका थिए ।
दोस्रो हाफमा म्यान सिटी खेलमा फर्कने लय देखायो । सिटीका लागि खेलको ९० औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।
उता नेपोली पनि फेनरवडसँग २-१ गोलले नै पराजित भएको छ । यस सिजन लिगमा राम्रो खेल प्रदर्शन गरेतापनि च्याम्पियन्स लिगमा भने नेपोली जम्न सकेन । समुह चरणबाटै बाहिरिएको नेपोलीले भने अब युरोपा लिग खेल्नेछ ।
यस समुहबाट म्यान सिटी र सख्तर डोनेस्टीक च्याम्पियन्स लिगको अर्को चरणका लागि छनोट भएका छन् ।
The post म्यानचेस्टर सिटी पराजित, नेपोली आउट appeared first on Sajha Post.