Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टोटनह्याम र रियल मड्रिडको सहज जित

$
0
0

एजेन्सी, २१ मंसिर । यस सिजन बोरुसिया डर्टमण्डले खासै गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन । गएराति भएको खेलमा पनि रियल मड्रिडसँग बोरुसिया ३-२ गोलले पराजित भएको छ ।

समुह चरणका ६ खेलमा २ अंकमात्र जोडेको बोरुसिया यसअघि नै च्याम्पियन्स लिगबाट बाहिरी सकेको छ । बोर्जा मायोराल र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए ।

तर, बोरुसियाका लागि पेरी इमरिक अउमयाङले दुई गोल गर्दै सानदार खेल बराबरीमा ल्याएका थिए । तर, लुकास भार्केजले खेलको ८१ औ मिनेटमा गोल गर्दा रियलले जित हात पार्न सफल भयो ।

त्यस्तै टोटनह्यामले एपोल निकोसियालाई ३-० गोलले पराजित गरेको छ । समुह एचबाट टोटनह्याम र रियल मड्रिड च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरेका छन् ।

The post टोटनह्याम र रियल मड्रिडको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles