Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडले हान्यो पाँच गोल

$
0
0

एजेन्सी, २४ मंसिर । शनिबार राति भएको स्पेनिस लिगमा रियल मड्रिडले सेभिल्लालाई ५-० गोलले पराजित गरेको छ । सेभिल्लाले पहिलो हाफमा नै पाँच गोल खाएको थियो ।

खेलको पहिलो मिनेटदेखि नै दबाबमा खेलेको सेभिल्लाले दोस्रो मिनेटमा नै गोल खान पुगेको थियो । रियलका लागि त्यसपछि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रियललाई पहिलो हाफमा रोक्न सेभिल्लाका खेलाडीहरु असमर्थ रहे । रियलका लागि टोनी क्रुसले खेलको ३८ औ मिनेटमा गोल गरे । पाचौ गोल खेलको ४२ औ मिनेटमा हाकिमीले गरे ।

यो जितसँगै बार्सिलोनासँग रियलको अंक दुरी पनि कम भएको छ । बार्सिलोनाभन्दा १ खेल कम खेलेको बार्सिलोनाको ३६ अंक रहेको छ भने रियलको ३१ अंक रहेको छ ।

The post रियल मड्रिडले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles